पार्टी कार्यालय सानेपा प्रवेश गर्दै कांग्रेस सभापति थापा

पार्टी कार्यालय सानेपा प्रवेश गर्दै कांग्रेस सभापति थापा

भोलि पार्टी कार्यालयमै बस्नेछ केन्द्रीय समिति


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति भोलि (शुक्रबार) पहिलो पटक औपचारिक रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपा प्रवेश गर्ने भएको छ । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नयाँ नेतृत्व चयन भए पनि कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय जान सकेको थिएन ।

पार्टीभित्रको आन्तरिक किचलो र निवर्तमान नेतृत्वको असन्तुतिका कारण यसअघि बसेका दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डका बैठकहरू पार्टी कार्यालय बाहिरका होटल तथा पार्टी प्यालेसहरूमा आयोजना गरिएका थिए । प्रवक्ता देवराज चालिसेका अनुसार भोलि सभापति थापाको नेतृत्वमा सिंगो टोली सानेपा जाने र त्यहीँ केन्द्रीय समितिको बैठक समेत बस्ने तयारी भएको छ । ‘हामी भोलि सभापतिज्यू सहित केन्द्रीय कार्यालय सानेपा जान्छौं ,’ प्रवक्ता चालिसेले भने , ‘सोही क्रममा कार्यालयमै केन्द्रीय समितिको बैठक पनि बस्नेछ ।’

प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि अधिकांश केन्द्रीय नेताहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा खटिएकाले भोलिको बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध रहेका सदस्यहरू मात्र सहभागी हुने उनले जानकारी दिए ।