काठमाडौं । अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)बाट आधिकारिक रूपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि शुरु गरेको बहिर्गमन प्रक्रिया हिजो पूरा भएसँगै अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको ७ दशक भन्दा लामो साझेदारी अन्त्य भएको हो ।
दोस्रो कार्यकाल सम्हालेको एक वर्ष पुग्दा ट्रम्प प्रशासनले सङ्गठनलाई बुझाउन बाँकी रहेको झन्डै २७ करोड डलर बक्यौता रकम समेत नतिर्ने अडान लिएको छ । कोरोना महामारीको समयमा सङ्गठनले चीनको पक्ष लिएको र अमेरिकी सार्वभौमिकतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै वासिङ्टनले यो कठोर कदम चालेको हो ।
अमेरिका बाहिरिएपछि डब्लुएचओले आफ्नो कुल बजेटमा ठूलो अभाव खेप्नुपर्ने भएको छ । यसको असरस्वरूप सङ्गठनले कर्मचारी कटौती र विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा २५ प्रतिशतले बजेट घटाउने तयारी गरेको छ ।


प्रतिक्रिया