काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि आज देशभरका सबै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आइतवार (आज) बिहानदेखि नै तोकिएका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ।
कुल १८ पदका लागि निर्वाचन तय भए पनि कोशी प्रदेशमा खस आर्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैले आज बाँकी १७ पदका लागि मात्रै निर्वाचन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगका अनुसार मतदानका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय तोकिएका स्थानहरूमा आवश्यक बन्दोबस्त मिलाइएको छ । प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता रहने यस निर्वाचनमा निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।


प्रतिक्रिया