सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तीन लाख ३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला ३ लाख एक हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।