काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका–१७ की शर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।
परियारले लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताएका छन् । विवाह कानुनी प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो ।
दुलही शर्मिला मित्रकोटी पोखरामा व्यवसाय गर्दै आएकी छन् । उनी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध रहेकी थिइन् भने हाल व्यवसायमै सक्रिय रहेको विवाह समारोहमा सहभागी अशोक खड्काले जानकारी दिए ।
परियार राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान प्रमुख सचेतक हुन् । उनले हाल उक्त पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रियता बढाएका छन् ।


प्रतिक्रिया