स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको टार्गेट

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको टार्गेट


ग्लोब नेपाल
432
Shares

काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले १४१ रनको लक्ष्य दिएको छ ।

कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो, तर त्यो सुरुवातलाई नेपाललाई कायम राख्न सकेन । पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्यायले १७ रन खर्चेर ४ विकेट लिएकी छन् । यसैगरी रुविना क्षेत्रले ३ विकेट लिइन ।

रिया शर्मा, सीता रानामगर र कविता जोशीले १–१ विकेट लिए । स्कटलल्यान्डका लागि प्रिनियाज चटर्जीले सर्वोधिक ४५ रन जोडेकी थिइन् । उनले जम्मा २८ बलको सामना गरेकी थिइन् ।

नेपालले सुपर सिक्स सम्भावना कायमै राख्न आजको खेल जित्‍नैपर्ने दबाब छ । नेपालका लागि ओपनर सम्झना खड्का र विन्दु रावलले ब्याटिङ गरिरहेका छन् ।