सरस्वती मन्दिर जाल्पा माविलाई हस्तान्तरण (फोटोफिचर)

सरस्वती मन्दिर जाल्पा माविलाई हस्तान्तरण (फोटोफिचर)


ग्लोब नेपाल
54
Shares

काठमाडौं । ओखलढुंगा चिशंखुगढी–४ कालिमाटीस्थित जाल्पा माध्यमिक विद्यालय हाताभित्र रहेको सरस्वती मन्दिर जीर्णोद्वार गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । स्वर्गीय भीमबहादुर कार्कीले निजी श्रोतबाट मन्दिर निर्माण गरी विद्यालयलाई २०५६ सालमा माघ २७ गते श्रीपञ्चमीका दिन हस्तान्तरण गरेका थिए । उक्त मन्दिर जीर्ण भएपछि उनकै सन्ततिले जीर्णोद्वार गरी विद्यालयलाई माघ ९ गते श्रीपञ्चमीकै दिन हस्तान्तरण गरिएको हो ।

सवेदार स्वर्गीय भीमबहादुर कार्कीको शिक्षा र संस्कृतिप्रतिको योगदानलाई जीवन्त राख्न स्वरस्वती मन्दिर जीर्णोद्वार गरी विद्यालयलाई हस्तारण गरिएको नाती पुस्तामध्येका एक मोहन कार्कीले जानकारी दिए ।

सुवेदार भीमबहादुर कार्कीको शिक्षाप्रति गहिरो समर्पण थियो । उनले विस १९९८ सालमा श्री ३ महाराजा जुद्धशमशेर जबराबाट हुकुम प्रमा‌ङ्गी गराई तत्कालीन कालिमाटी देउरालीमा भाषा पाठशाला स्थापना गरेका थिए । प्रारम्भिक करिब ७ वर्षसम्म शिक्षकको तलबसमेत आफ्नै निजी स्रोतबाट व्यहोरी उनले उक्त विद्यालय सञ्चालन गरेका थिए ।

विसं २००५ सालदेखि विद्यालय पूर्ण सरकारी भएपछि शिक्षक तलबको जिम्मा मालपोत कार्यालय ओखलढुंगाले लिएको थियो । समयक्रममा विद्यालय विसं २०१५ मा प्राथमिक, २०३५ मा निम्न माध्यमिक, २०५५ मा माध्यमिक तथा २०६७ मा उच्च माध्यमिक विद्यालयका रुपमा स्तरोन्नति भएको हो ।

स्वास्थ्य र प्रतिरक्षाका लागि खेलकुद
सरस्वती माध्यमिक विद्यालय खानीभञ्ज्याङमा चिशंखुगढी गाउँपालिकाबाट सितोरियो कराते प्रशिक्षक पारिश्रमिक व्यवस्थापन भएपश्चात १ सय ३० जना विद्यार्थीहरुलाई सितोरियो कराते पोशाक निःशुल्क उपलब्ध गराइएको छ ।

उक्त पोशाक चिशंखुगढी–५ का मोहन कार्की मना कार्की (हाल अमेरिका) जाल्पा मावि कालीमाटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कार्की, कराते प्रशिक्षक इन्द्रबहादुर कार्की (राजन) स्कुलका प्राध्यानापक चन्द्र भुजेलको संयुक्त पहलबाट कराते पोशाक वितरण गरिएको हो । गाउँपालिकामा पहिलो पटक यस किसिमको शुभारम्भ भएको छ ।

छात्रहरुका लागि आत्मविश्वास र सुरक्षाका लागि कराते खेलले सहयोग पु-याउने विश्वास विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना श्रेष्ठले व्यक्ति गरिन् । खेलप्रति विद्यार्थी उत्साहित देखिन्थे ।