कांग्रेस मधेश प्रदेश समितिको बैठक आह्वान, गगन पनि सहभागी हुने

कांग्रेस मधेश प्रदेश समितिको बैठक आह्वान, गगन पनि सहभागी हुने


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेपाली काँग्रेसको मधेश प्रदेश कार्यसमितिले प्रदेशस्तरीय बैठक आयोजना गर्ने निर्णय गरेको छ। जनकपुरमा फागुन ७ गते हुने मधेश सभाको तयारीलाई केन्द्रमा राखेर बैठक बोलाइएको हो।

मधेश प्रदेश प्रचार विभागका अनुसार बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रदेशभर सञ्चालन हुँदै आएको पार्टीको प्रचार–प्रसारलाई थप प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा विस्तृत छलफल गरिनेछ।

उक्त बैठकमा पार्टी सभापति गगनकुमार थापाको सहभागिता रहने जानकारी दिइएको छ। साथै मधेश प्रदेशअन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू पनि बैठकमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।

प्रदेश समिति पदाधिकारी, सदस्य तथा सम्बन्धित सबैलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।