काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंकका सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार स्थानीय ३० वर्षका महेन्द्र नारायण श्रेष्ठले सुरक्षा गार्डलाई चक्कु हानेर घाइते बनाएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बिरुवा अर्चले र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिरुवा बजारबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
श्रेष्ठमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिएका छन ।


प्रतिक्रिया