बाँकेमा किशोरीमाथि करणी

बाँकेमा किशोरीमाथि करणी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रहरीले बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–६ एच गाउँमा बस्दै आएका ३० वर्षीय अंगतराम अहिर रहेका छन । अहिरलाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।

खजुरा गाउँपालिका–७ घर भएका अहिरले ती किशोरीलाई ललाईफलाई गरी जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी सक्रिय भएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अहिरमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।