आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित

आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित


ग्लोब नेपाल
324
Shares

काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबाट अलग भएको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ।

धनकुमारी सुनारको नेतृत्वमा रहेको समूह शनिबार औपचारिक रूपमा नेकपामा प्रवेश गरेको हो। उक्त अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा रन्जिता चौधरीलगायत नेताहरूले नवप्रवेशी सदस्यहरूलाई स्वागत गरेका थिए।

पार्टी प्रवेशसँगै सो समूह र नेकपाबीच आठ बुँदे सहमति भएको जानकारी दिइएको छ। समाहित समूहले यसअघि शनिबार नै आफ्नो मूल पार्टीबाट अलग भएको सार्वजनिक घोषणा गरेको थियो।

धनकुमारी सुनार नेतृत्वको समूहले पार्टी नेतृत्वप्रति असहमति जनाउँदै क्रान्तिसम्बन्धी बहस व्यवहारिक राजनीतिक अभ्यासभन्दा सामाजिक सञ्जालमै सीमित भएको आरोप लगाएको छ। १३ जना सदस्यले आहुति नेतृत्वको पार्टी परित्याग गरेका थिए ।