रोशन विष्ट र सोनम वाडमो तामाङ ‘मिस्टर योगी’ र ‘मिस योगी’ घोषित

रोशन विष्ट र सोनम वाडमो तामाङ ‘मिस्टर योगी’ र ‘मिस योगी’ घोषित


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । कञ्चनपुरका रोशन विष्ट र काठमाडौँकी सोनम वाडमो तामाङ देशभरका २४६ जना योगासन खेलाडीलाई पछि पार्दै सातौँ राष्ट्रिय योगासन प्रतियोगिताअन्तर्गत क्रमशः ‘मिस्टर योगी’ र ‘मिस योगी’को उपाधि जित्न सफल भएका छन्।

कपनस्थित दीक्षालय स्कुलको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। रोशन विष्टले यसअघि पनि दुईवटा राष्ट्रिय प्रतियोगितामा ‘मिस्टर योगी’को उपाधि जितिसकेका छन् भने यससँगै ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।

१० देखि १४ वर्ष उमेर समूह (पुरुष)तर्फ सत्य नारायण शाह प्रथम, निलम पुरी द्वितीय र युल किशोर सिंह तृतीय स्थानमा रहेका छन्। सोही उमेर समूह (महिला)तर्फ सोनम वाडमो तामाङ प्रथम, स्वेक्षा थापा द्वितीय तथा संरचना पुरी र सामना नेपाली संयुक्त रूपमा तृतीय स्थानमा रहेका छन्।

१४ देखि १८ वर्ष उमेर समूह (पुरुष)तर्फ बुद्ध गुरुङ प्रथम, सन्देश धिताल द्वितीय र सुन्दर कार्की तृतीय स्थानमा रहेका छन्। महिला तर्फ प्रज्ञा गौतम प्रथम, सुहारिका कार्की द्वितीय र प्रिया जी.सी. तृतीय स्थानमा रहेका छन्।

१८ देखि २८ वर्ष उमेर समूह (पुरुष)तर्फ रोशन विष्ट प्रथम, आङ छिरिङ लामा द्वितीय र विवेक यादव तृतीय स्थानमा रहेका छन्। महिला तर्फ चाँदनी परियार प्रथम, पुष्पा नाथ द्वितीय र आशा पौडेल तृतीय स्थानमा रहेका छन्।

२८ देखि ३५ वर्ष उमेर समूह (पुरुष)तर्फ देवबहादुर थापा प्रथम, सुमन आचार्य द्वितीय र कैलाशजंग कार्की तृतीय स्थानमा रहेका छन्। महिला तर्फ मिना कुमारी राउत प्रथम, मन्जु तोलेंगे द्वितीय र सुनिता सुनुवार तृतीय स्थानमा रहेका छन्।

३५ देखि ४५ वर्ष उमेर समूह (पुरुष)तर्फ नीलकमल राय प्रथम, हरिकृष्ण खराल द्वितीय र तेजप्रसाद ढकाल तृतीय स्थानमा रहेका छन्। सोही उमेर समूह (महिला)तर्फ सृजना श्रेष्ठ प्रथम, अन्जु श्रेष्ठ द्वितीय र रविना बके तृतीय स्थानमा रहेका छन्।

४५ देखि ५५ वर्ष उमेर समूह (पुरुष)तर्फ राजकुमार ओडारी प्रथम, चन्द्रबहादुर दगाल द्वितीय र लालबाबु ठाकुर तृतीय स्थानमा रहेका छन्। महिला तर्फ जानुका भट्टराई प्रथम, रेनु दुलाल द्वितीय र कमला काफ्ले तृतीय स्थानमा रहेका छन्।

५५ वर्ष माथिको उमेर समूह (पुरुष)तर्फ कृष्णबहादुर न्यौपाने प्रथम, कमलबहादुर राजलवट द्वितीय र यज्ञप्रसाद आचार्य तृतीय स्थानमा रहेका छन्। महिला तर्फ ललिता कुमारी बछाड प्रथम, चिनी माया खत्री द्वितीय र पशुपति देवी धिमाल तृतीय स्थानमा रहेका छन्।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको आवास तथा खानाको पूर्ण प्रायोजन दीक्षालय स्कुलले गरेको छ। प्रतियोगितामा देशभरबाट आएका खेलाडी तथा खेल प्राविधिकलाई आतिथ्य प्रदान गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताउँदै दीक्षालय स्कुलका संस्थापक प्रिन्सिपल दुर्गा प्रसाद दाहालले आगामी दिनमा पनि यस्ता राष्ट्रियस्तरका प्रतियोगिता निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै अवसरमा प्रतियोगिताका टेक्निकल डाइरेक्टर डा. संग्राम पुरीले सातौँ राष्ट्रिय योगासन प्रतियोगितामा पहिलो पटक डिजिटल डिसिजन (कम्प्युटर स्कोरिङ प्रणाली) प्रयोग गरी नतिजा तुरुन्त, पारदर्शी र प्रभावकारी रूपमा सार्वजनिक गर्न सफल भएकोमा खुशी व्यक्त गरेका छन्। उनले यस उपलब्धिले भविष्यमा थप प्रविधिमैत्री कार्य गर्न ऊर्जा मिलेको बताएका छन्।

प्रतियोगिताको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मीठाराम अधिकारीले गरेका छन्। प्रतियोगितामा विजयी खेलाडीलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहताले प्रदान गरेका छन्। सो अवसरमा उनले योगासन खेलले व्यक्तिको स्वास्थ्य सुदृढ गर्नुका साथै राष्ट्रको गरिमा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गरेका छन्।

उक्त प्रतियोगितामा प्राविधिकतर्फ डा. आनन्द गैह्रे, पुष्कर राज पन्त, केदारनाथ बस्ताकोटी र पर्शुराम आचार्य रहेका छन् भने एथलीट म्यानेजर तथा स्टेज म्यानेजरतर्फ रोजी शर्मा र गंगा पुन रहेका छन्। कार्यक्रममा नेपाल योग खेलकुद संघका अध्यक्ष प्राध्यापक डा. सूर्यबहादुर कार्की, उपाध्यक्ष अशोक आले, महासचिव चुडामणि खरेल, कोषाध्यक्ष प्रेम खड्का, सुदूरपश्चिम योग खेलकुद संघका अध्यक्ष गीता सोराडी लगायतको उपस्थिति रहेको छ।