काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अंकले घटेर २ हजार ६ सय ८३ दशमलव १५ विन्दुमा झरेको छ ।
आज होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटोकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै १ दशमलव ०९ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ९० वटा कम्पनीको शेयर घटेकोमा ६६ वटाको बढेको छ । यस्तै ३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सान्भी इनर्जी, प्योर इनर्जी कम्पनीको शेयर साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन कालिञ्चोक दर्शन कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ८ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका १ करोड ८७ लाख कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया