काठमाडौँ । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु-१९ महिला फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बंगलादेशको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । ४ टोली सहभागी खेलमा बंगलादेश २ खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ । बंगलादेशले भुटानलाई १२-० र भातलाई २-० गोलले पराजित गरेको हो ।
नेपालले एकमा हार र एकमा जितसहित ३ अंक छ । भारत पनि एकमा जित र एकमा हारसहित ३ अंक छ । नेपाल भारतसँग १-० ले पराजित भएको हो भने भुटानलाई २-१ ले पराजित गरेको हो । भारत बङ्गालादेशसँग २-० ले पराजित भएको थियो । २ खेलमा हारेको भुटान अंक रहित छ । नेपाल फाइनल जानको लागि आजको खेल जित्नै पर्ने दबाब छ ।


प्रतिक्रिया