नेपाल बंगलादेशसँग पराजित, साफ यू-१९ मा फाइनल यात्रा समाप्त

नेपाल बंगलादेशसँग पराजित, साफ यू-१९ मा फाइनल यात्रा समाप्त


ग्लोब नेपाल
405
Shares

काठमाडौं । साफ महिला यु-१९ च्याम्पियनसिप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बांङ्लादेशसँग ४-० गोलको पराजय भोगेको छ।

पोखरा रंगशालामा बुधबार भएको यो पराजयसँगै नेपाल फाइनलम पुग्न असफल भएको छ। यसअघि नेपालले पहिलो खेलमा भारतसँग १-० को हार बेहोरेको थियो।

दोस्रो खेलमा भने नेपालले भुटानलाई २-१ गोलले हराएको थियो। फाइनल पुग्न आज बांङ्लादेशलाई पराजित गर्नु पर्ने भए पनि नेपालले चार गोल खायो। अब उपाधिका लागि बांङ्लादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ।