अस्वस्थताका बाबजुद चितवन जाँदै रवि, फागुनदेखि रवि–बालेनसँगसँगै

अस्वस्थताका बाबजुद चितवन जाँदै रवि, फागुनदेखि रवि–बालेनसँगसँगै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शारीरिक अस्वस्थताका बाबजुद आज आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फ प्रस्थान गर्दैछन् । गत माघ ४ गते जनकपुरको चुनावी सभाका क्रममा घाइते भएका लामिछानेको खुट्टाको चोट पूर्ण रूपमा निको भइसकेको छैन ।

चिकित्सकको आराम गर्ने सल्लाह र हिँडडुलमा रहेको असहजताका बीच पनि चुनावी सरगर्मी बढेसँगै उनी चितवन-२ जान लागेका हुन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आफू सोमबार नै चितवन जान चाहे पनि स्वास्थ्य अवस्थाका कारण चिकित्सकले रोकेको उल्लेख गरेका छन् ।

चितवन पुगे पनि सभापति लामिछाने तत्कालै घरदैलो कार्यक्रममा भने सहभागी हुन सक्ने छैनन् । पार्टी स्रोतका अनुसार खुट्टाको घाउका कारण उनी सहजरुपमा हिँडडुल गर्न असमर्थ छन् । त्यसैले, उनले अहिले आफू बसेकै स्थानबाट राजनीतिक भेटघाट र चुनावी रणनीतिका बारेमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

चितवनको बसाइपछि सभापति लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह फागुन महिनादेखि देशव्यापी चुनावी अभियानमा निस्कने तयारीमा छन् । रास्वपा नेतृ प्रतिभा रावलका अनुसार फागुनको पहिलो सातादेखि दुवै प्रभावशाली नेताहरुले संयुक्त रुपमा चुनावी मोर्चा सम्हाल्नेछन् । ‘सातै प्रदेशका मुख्य-मुख्य स्थानमा पुग्ने गरी कार्यतालिका निर्माण भइरहेको छ,’ रावलले भनिन्, ‘सकेसम्म धेरैभन्दा धेरै मतदातामाझ पुग्ने र पार्टीको एजेन्डा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।’