फागुन ७ गते काँग्रेसको पहिलो चुनावी सभा जनकपुरमा

फागुन ७ गते काँग्रेसको पहिलो चुनावी सभा जनकपुरमा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ। नेपाली काँग्रेसले फागुन ७ गतेबाट चुनावी सभा थाल्ने भएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गरेर जनकपुरमा सभा गर्न लागिएको हो ।

सभापति गगन थापा यसपटक सर्लाही-४ बाट चुनाव लड्दै छन् । पहिलो ठूलो सभा मधेशमै गर्ने काँग्रेसको रणनीति बनाएको छ । सभालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमहामन्त्री डिला सङ्ग्रौलाले बताइन् ।

उनले भनिन्, ‘प्रमुख वक्ता सभापति र उपसभापति रहनुहुनेछ, त्यसपछि प्रदेश र जिल्ला अनुसार आवश्यकता अनुसारको पार्टीको नेताहरू चुनावी अभियानमा जाने तय भएको छ ।’

उनले समयले भ्याएसम्म सभापति थापा र उपसभापति शर्मा चुनावी अभियानका लागि देश दौडाहामा निस्कने तयारीमा रहेको पनि बताइन् ।