काठमाडौं । रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।
रास्वपाका क्षेत्र नम्बर–२ उम्मेदवार सेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका निवासी सागिर मोहम्मदकी छोरी अल्फा खातुनको मृत्यु भएको रौतहट प्रहरीका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन ।
बाटोमा खेलिरहेका बेला उक्त गाडीले बालिकालाई ठक्कर दिएको उनले जानकारी दिएका छन । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उक्त गाडीमा रास्वपाको उम्मेदवारको स्टिकर टाँसिएको थियो । तर गाडीमा उम्मेदवार भने सवार थिएनन् । ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता बस्यालले जानकारी दिए ।


प्रतिक्रिया