काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पूर्व काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि चुनावी मैदानमा सक्रिय देखिएका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बालेन हाल विभिन्न स्थानमा पुगेर चुनावी प्रचार–प्रसारमा जुटिरहेका छन्। यसै क्रममा उनले गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देशात्मक स्ट्याटस सार्वजनिक गरेका छन्।
उनले स्ट्याटसमा लेखेका छन्, “माया मात्रै रैछ देशभरि !! यसरिनै देशलाई माया गर्नु, देश बन्छ!” उनको यो अभिव्यक्तिलाई धेरैले देशप्रेम र सकारात्मक राजनीतिक सोचको सन्देशका रूपमा लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। स्थानीय तहमा कार्यकारी अनुभव बटुलेका बालेनको उम्मेदवारीलाई लिएर राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ।


प्रतिक्रिया