काँग्रेस सभापति थापा पोखरामा, ओली झापामा

काँग्रेस सभापति थापा पोखरामा, ओली झापामा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज पोखरा पुगेका छन् । काँग्रेस गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी हुन सभापति थापा आज बिहान पोखरा पुगेका हुन् । सभापति थापालाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वागत गरेका थिए।

सभापति थापा केही बेरमा नेपाली काँग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् भने लगत्तै काँग्रेस गण्डकीको बैठकमा सामेल हुँदै छन्। उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेता/कार्यकर्ता एवं उम्मेदवारहरूसँग छलफल गर्ने कार्यक्रम छ।

ओली आज झापामा
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् । झापा ओलीको गृह जिल्ला पनि हो । उनी निकट स्रोतका अनुसार ओली हवाई मार्गमार्फत मध्यान्ह झापा जाने बताइएको छ ।