सरकारको गोलीबाट कोही मारिनु हुँदैन: गगन थापा

सरकारको गोलीबाट कोही मारिनु हुँदैन: गगन थापा


ग्लोब नेपाल
594
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले बदलिएको काँग्रेसले हिजो नेपाली काँग्रेसले गरेका सबै राम्रा कामहरू बोकेर आएको बताएका छन्।

सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै थापाले जे जति खराब कामहरू भए, कसैलाई दोष नदिएर अगाडी बढेको बताएका हुन् । उनले चुनाव पछाडि पनि देश अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन। फेरि बनाएको सिंहदरबार जल्नु हुँदैन। फेरि नयाँ बनेको संसदको भवन जल्नु हुँदैन। चुनाव पछाडि सरकारको गोलीबाट कुनै युवा पनि मारिनु हुँदैन।’

चुनाव पछाडि सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था पनि दिन नहुने उनले बताए । उनले भने, ‘चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ रिस, उत्तेजनाले मात्र हुँदैन। घृणाले मात्र हुँदैन। सबैलाई मिलाएर लिएर जाने साहस काँग्रेसले राख्छ।’