देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् । उनको सचिवालयले देउवा कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको जानकारी गराएको छ ।

केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो । ‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन’, देउवाको सचिवालयले भनेको छ ।

गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट काँग्रेसले नेतृत्व फेरेको छ । त्यसयता देउवा पार्टी गतिविधिमा संलग्न छैनन् ।