काठमाडौं । कांग्रेस बद्ल्यौं अब देश बद्ल्ने अठोट लिएका नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस केन्द्रीय कार्यालयमा छटौं मर्यादाका कनिष्ठ सचिव कृष्ण दुलाललाई कार्यबहाक मुख्य सचिवको जिम्मेवरी दिएका छन् । मुख्यसचिव नियुक्तिमा सभापति थापाले विवेक र न्यायसम्मत निर्णय नलिँदा पार्टी कार्यालयको असन्तुष्टि बाहिर छताछुल्ल भएको छ ।
दुलालको नियुक्तिले दुई दशकभन्दा बढी केन्द्रीय कार्यालयमा कुशलतपूर्वक जिम्मेवरी निर्वाह गरेका कर्मचारीलाई अवमूल्यन भएको बताइएको छ । ६ वर्षअघि विजय गच्छदार नेतृत्वको पार्टी तत्कालिन लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन हँुदा कांग्रेस केन्द्रीय कार्यालयको सचिव बनेका दुलालको छलाङलाई धेरैले अनौठो मानेका छन् ।
विशेष महाधिवेशनमा कांग्रेस केन्द्रीय कार्यालय तटस्थ थियो । तर, त्यही कांग्रेस केन्द्रीय कार्यालयका एक कनिष्ठ मर्यादाका सचिव दुलाल भने कांग्रेस केन्द्रीय कार्यालयको मर्यादा विपरित खुरेर विशेष माहिधवेशको अभियानमा थिए । विशेष महाधिवेशनमा लागेकै ‘मापदण्ड’ बनाएर सभापति थापाले मुख्य सचिवको जिम्मेवारी दिएपछि कांग्रेस केन्द्रीय कार्यालयमात्र होइन, कांग्रेस वृत्तमै हंगामा मच्चिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा २० वर्षभन्दा बढी काम गरेका, पार्टीमा पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेका, सर्वश्व हरण भएर वीपीसँगै प्रवासमा बसेका र सहिद परिवरका सदस्यहरु कांग्रेस केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा छन् । कांग्रेसको चुरो चरित्र बुझेका क्षमतावान र योग्य व्यक्तिलाई पन्छाएर कनिष्ठ र योग्यतामाथि नै प्रश्न उठ्दै आएका व्यक्तिलाई कांग्रेस केन्द्रीय कार्यालयको डाडुपुन्यू सुम्पनुले ठूलो जोखिम मोलेर ल्याएको परिवर्तनलाई नै गिज्याएको अड्कालबाजी हुन थालेको छ ।


प्रतिक्रिया