सेनाद्वारा निकुञ्जमा हराएका ३ किशोरीको उद्धार

सेनाद्वारा निकुञ्जमा हराएका ३ किशोरीको उद्धार


ग्लोब नेपाल
0
Shares

कञ्चनपुर । नेपाली सेनाले बाटो बिराएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराइरहेका तीन किशोरीको सकुशल उद्धार गरेको छ । सेनाका अनुसार उनीहरु सबै कञ्चनपुरको भिमदत्त नगरपालिका–१५ का हुन् ।

रणसिंह दल गणबाट गएको टोलीले ती किशोरीहरुको उद्धार गरेको सेनाले जनाएको छ । घुम्न गएका तीन किशोरी निकुञ्ज क्षेत्रमा रहेको बाबा तालमा बाटो बिराएर हराएका थिए । सेनाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत किशोरीहरुलाई परिवारको जिम्मा लगाएको छ ।