काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन् ।
यसमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
सोमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ ।


प्रतिक्रिया