काठमाडौं । रामेछापको सेलेघाटमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशीमा खसेको थियो । मृत्यु भएका ११ जनाको सनाखत भएको छ । एक जनाको पहिचान खुलेको छैन ।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका –११ घर भएका चालक ३१ वर्षीय सुशान्त थापामगरलाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले बताए ।
चालकको मेरुदण्डमा चोट लागेको थियो । उनलाई अस्पतालले डिस्चार्ज गरेको छ ।


प्रतिक्रिया