महोत्तरीमा ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

महोत्तरीमा ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु


ग्लोब नेपाल
216
Shares

काठमाडौं । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनको छोरी वर्ष ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी वर्ष ८ की रफिया खातुन रहेकी छन ।

मटिहानी नगरपालिका ४ मझौराका गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको अवस्थामा दुवै बालिका ट्याक्टरमा बसेका थिए । अचानक लडेर रोटाभेटरले टाउकोको भागमा काटिँदा दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिएका छन ।

ट्याक्टर चालक फरार रहेको, ट्याक्टर घटनास्थलमा नै रहेको डिएसपी भट्टले बताए । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।