दमक । झापाको कचनकवल गाउँपालिका वडा नं. ७ स्थित दिप ज्योती सामुदायिक वन क्षेत्र भित्र एक जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार अपरान्ह जलथल वन क्षेत्रभित्र हात्ती मृत अवस्थामा देखिएपछि सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, चन्द्रगढीलाई जानकारी गराएका थिए । केही समययता यहाँ वन क्षेत्रमा हात्तीको ओहोरदोहोर बढिरहेको थियो ।
वन कार्यालयबाट खटिएको प्राविधिक टोली घटनास्थलमा पुगेर आवश्यक निरीक्षण तथा मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरेर हात्तीको शव व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । हात्तीको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
हात्ती प्रभावित झापामा बारम्बार मृत अवस्थामा हात्ती भेटिनु दुःखद भएको र हात्तीसम्बन्धी खोज अनुसन्धान गर्दै आएका संरक्षणकर्मी शङ्कर लुइटेलले बताए । मृत अवस्थामा हात्ती भेटिने तर यसको गम्भीर अनुसन्धान नहुँदा संरक्षणमा चुनौती थपिदै गएको उनले बताए ।


प्रतिक्रिया