काठमाडौँ । आज एकै दिन तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएका हुन् ।
‘श्री बुकुरो : द होम कलिङ’लाई सुदीप भुपाल सिंह, ‘बिगुल’लाई रमेश कोइराला र ‘शिवांश : च्याप्टर १’लाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका छन् ।
‘श्री बुकुरो : द होम कलिङ’मा मुख्य कलाकार आर्शीवाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, लय संग्रौला, मोहन निरौलालगायतको अभिनय रहेको छ ।
निर्देशक सिंह स्वयंको लेखन रहेको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । यो चलचित्र पारिवारिक कथामा आधारित छ । पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठको छ । चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन छ ।
यस्तै, ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर वाङदेल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्कालगायतको अभिनय छ ।
यो चलचित्रमा देशको वर्तमान राजनैतिक अवस्था र नेपालीको जनभावना समेटिएको छ । चलचित्रमा शिव ढकालको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।
यस्तैगरी, शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको चलचित्र ‘शिवांश : च्याप्टर १’मा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् भने स्क्रिनप्ले बारत लिम्बूको छ । अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् । सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन छ ।


प्रतिक्रिया