सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३४० रुपैयाँले घटेर तोलामा पाँच हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।