बंगलादेशमा फेब्रुअरी १९ अघि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी

बंगलादेशमा फेब्रुअरी १९ अघि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी



ढाका । बंगलादेशमा सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले संसद्को २९९ सिटमध्ये २०९ सिटमा जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले सार्वजनिक गरेको विवरणअनुसार ६८ सिटसहित बंगलादेश जमात–ए–इस्लामी दोस्रो स्थानमा रहेको छ भने बाँकी २० सिट स्वतन्त्र र अन्य साना दलले जितेका छन् ।

यस निर्वाचनमा ५९.४४ प्रतिशत मतदान भएको थियो र आगामी फेब्रुअरी १९ (रमजान) भन्दा अगाडि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिएको छ ।