पशुपतिसहित देशैभरका शिवालयमा भक्तजनको घुईंचो

पशुपतिसहित देशैभरका शिवालयमा भक्तजनको घुईंचो



काठमाडौं । आज महाशिवरात्रि, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुईंचो लागेको छ ।

काठमाडौंको पशुपतिनाथमा देशका विभिन्न ठाउँ र भारतबाट समेत दर्शनार्थी आएका छन् । पशुपतिनाथमा विशेष व्यवस्था मिलाइएको छ ।

साधुसन्तको पनि चहलपहल छ । देशका अरू ठाउँका शिवालयहरुमा पनि उस्तै घुईंचो छ ।