काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो ।
यस्तै आइतबार चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।


प्रतिक्रिया