सब इन्जिनियरको गोली हानी हत्या

सब इन्जिनियरको गोली हानी हत्या


ग्लोब नेपाल
243
Shares

मलङ्गवा । सर्लाहीको सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयमा कार्यरत सब इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको छ ।

मलङ्गवा–१०स्थित भाडाको घरमा बस्दै आएका यादवलाई मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिले गोली प्रहार गरेका हुन् । प्रहरीका अनुसार राति करिब ८ बजेको समयमा भएको उक्त घटनामा यादवको बायाँ छातीमा गोली लागेको थियो ।

कोठामा बसिरहेका बेला हतियारधारी व्यक्तिले फोन गरी कम्पाउण्ड बाहिर बोलाएको र बाहिर निस्किनेबित्तिकै गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यादव सुखिपुर नगरपालिका, सिरहाका बासिन्दा हुन् । घटनाको कारण खुल्न बाँकी रहेको र संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।