निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएर लागिपरेको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको बताइन् ।

निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ ।