काठमाडौँ । कास्की जिल्लाका विभिन्न बोर्डिङ तथा स्कुल बस सञ्चालनमा संलग्न पाँच जना चालकलाई प्रहरीले मादक पदार्थ सेवन गरी बस चलाएको अवस्थामा नियन्त्रणमा लिएको छ।
स्थानीय सुरक्षा निकायले विद्यालयका विद्यार्थी बोकेको बसका चालकहरूले मादक पदार्थ सेवन गरी सञ्चालन गरेको सम्बन्धमा गुनासो प्राप्त भएपछि थप निगरानी तथा चेकिङ सुरु गरेको जनाएको छ।
पक्राउ पर्नेमा आनन्द परियार (माउन्ट हेभन बोर्डिङ स्कुल), गौतम गुरुङ (कुमुदिनी होम्स बोर्डिङ), भक्तबहादुर गुरुङ (विन्देश्वरी स्कुल), डम्बरबहादुर गुरुङ (अंजली बोर्डिङ), र पदम विक (एसओस बोर्डिङ) रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिएका चालकहरूमाथि कानुनी प्रक्रियाअनुसार कारबाही अगाडि बढाउने तयारी भएको जानकारी दिएको छ।


प्रतिक्रिया