एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

आज मध्याह्न १२ बजे नयाँबानेश्वरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिनेछ ।

प्रचारप्रसार संयोजक मीनबहादुर शाहीका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य एजेन्डाका रूपमा अघि सारिने छ ।

आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रमहरू सार्वजनिक गर्ने एमालेको तयारी छ ।