एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर सहितका चार जना नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौँमा आज आयोजित काँग्रेस सभापति गगन थापासँग प्रतिज्ञा पत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू काँग्रेस प्रवेश गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

यसैगरी उनीसँगै काँग्रेस प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल र काठमाडौँ-५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा रहेका छन् ।

राणा २०७९ सालमा काँग्रेस छोडेर रास्वपा प्रवेश गरेका थिए । २०७९ सालमा उनी रास्वपाबाट काठमाडौँ-५ का उम्मेदवार बनेका थिए ।