शंकरलाई लक्षित गर्दै रविले भनेः ‘मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्, जनताले देखाउनेछन्’

शंकरलाई लक्षित गर्दै रविले भनेः ‘मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्, जनताले देखाउनेछन्’


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाले पनि जनताको मनदेखि निकालेर देखाउन चुनौती दिएका छन् ।

शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले नेकपा एमाले महासचिव शंकर पोखरेललक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

रास्वपाले चुनावी सभा गरेको घोराही दाङ–२ मा पर्छ । जहाँ एमालेबाट महासचिव पोखरेल उम्मेदवार छन् । सभापति लामिछानेले आफू सुशासनको पक्षमा काम गरिरहेका बेला षडयन्त्रपूर्वक संसद्बाट निकालेको टिप्पणी गरे ।

‘रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो,’ उनले भने, ‘हामी सरकारमा काम गरिरहेको बेला बा (केपी ओली) र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए । सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ ।’ उनले आफूलाई जेल पुर्‍याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने उनले दाबी गरे ।