जनमत पार्टीका रौतहट जिल्ला संयोजक जमशेद पक्राउ

जनमत पार्टीका रौतहट जिल्ला संयोजक जमशेद पक्राउ


ग्लोब नेपाल
459
Shares

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुन: भड्काउने प्रयास गरेको आरोपमा शेख जमशेदलाई जिल्ला प्रशासन कार्यलय रौतहटले नियन्त्रणमा लिइएको छ।

उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको डीएसपीको कमाण्डमा जिल्ला प्रशासन कार्यालय रौतहटको कार्यालयमा पुर्‍याएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा डीएसपीको कमाण्डमा सोधपुछका लागि ल्याइएको पुष्टि गरेका छन्।

प्रारम्भिक अनुसन्धानले गौर नगरपालिका–६ का पूर्व वडाध्यक्ष तथा हाल जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेदको संलग्नता देखिएको छ ।

सुरक्षा निकायले सामाजिक सञ्जाल गतिविधि, स्थानीय भेटघाट र घटनापूर्व–पश्चात सम्पर्कहरूको विस्तृत विश्लेषण गर्दै ‘उक्साउने’ व्यक्तिहरूमाथि निगरानी बढाएको छ।