फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ५ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।