भ्रममा नपरे हुन्छ, तोकिएकै मितिमा चुनाव हुन्छः निर्वाचन आयोग

भ्रममा नपरे हुन्छ, तोकिएकै मितिमा चुनाव हुन्छः निर्वाचन आयोग


ग्लोब नेपाल
162
Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन ।

आज (आइतबार) गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन । उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने समेत बताएका छन ।

उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने समेत बताएका छन । अझै पनि केही उम्मेदवाहरूले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको बताउँदै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न उनको सुझाव छ । उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने पनि बताएका छन ।

अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनले बताएका छन । उनले निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उनले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने समेत बताएका छन ।

उनले राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचारप्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको समेत बताएका छन । भण्डारीले नयाँ पुराना सबै शक्तिहरुले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको समेत बताएका छन । उनले नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने समेत बताएका छन ।

निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको समेत बताएका छन ।

उनले भने, ‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन्, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन् । अब निर्वाचनको वातावरण बिथोलिने वातारण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ ।’