टिकटकर तुलसा अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा

टिकटकर तुलसा अधिकारीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । टिकटकर तुलसा अधिकारी ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएकी छन् । यी दुई घटनाको प्रहरीले एकसाथ अनुसन्धान अघि बढाएको छ ।

उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए ।

प्रतिवादी अधिकारी भने अहिले चीनमा रहेको बताइएको छ । चीनबाटै उने टिकटकमार्फत ब्ल्याकमेलिङ गरेको प्रहरीले बताएको छ । उनीविरुद्ध ४ करोड रुपैयाँ भन्दा बढी ठगीको आरोप रहेको छ ।