काठमाडौं । नेपाली कांग्रेस का वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले कांग्रेस विजयी भए मात्रै धर्म, संस्कृति र राष्ट्रियता सुरक्षित रहने बताएका छन् ।
बुढीगंगा गाउँपालिकामा आयोजित घरदैलो तथा चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था जोगिए मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने धारणा राखे ।
कोइरालाले धर्म, संस्कृति, संस्कार र सभ्यतामाथि भइरहेको प्रहार रोक्न कांग्रेसको जित आवश्यक रहेको बताए । “धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके राष्ट्रियता नै धरासायी हुन्छ,” उनले भने ।
उनका अनुसार नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायको परम्परा र आस्थाको सम्मान र संरक्षण अनिवार्य छ । धर्म–संस्कृति संरक्षणकै लागि पनि यसपटकको निर्वाचन अत्यन्तै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कोइरालाले मतदातालाई लोकतन्त्र, धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको रक्षाका लागि कांग्रेसका पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया