भर्जिनियामा अर्को क्रुर घटना, नेपाली परिवारको हत्या

भर्जिनियामा अर्को क्रुर घटना, नेपाली परिवारको हत्या


ग्लोब नेपाल
567
Shares

भर्जिनिया, अमेरिका। अमेरिकाको भर्जिनियामा आततायी हत्याको घटना भएको छ। फेयर फ्याक्स काउन्टीको एक अपार्टमेन्टमा आज (सोमबार) बिहान करिब ५ बजेतिर यस्तो आततायी घटना भएको प्रहरीले जनाएको छ।

काउन्टीका प्रहरी प्रमूख केभिन डेभिसका अनुसार, करीब ५० वर्षीय एक व्यक्तिले आफ्नी श्रीमती र छोरीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् भने उनले आफ्नो ज्वाईंको पनि हत्या प्रयास गरेका थिए। प्रहरी प्रमूखले घटनामा एक वर्षीय बालकको सकुशल उद्धार गरिएको छ भने गम्भीर घाइते भएका ज्वाईंको हाल अस्पतालमा उपचार भै रहेको छ।

तर उनको अवस्था खतरामुक्त नरहेको प्रहरीको भनाई छ। प्रहरी प्रमूखले भने,-यो घटना विश्वास गर्न नै नसकिने किसिमको छ। कुनै पनि व्यक्तिले यसरी यस्तो धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती,छोरी र परिवारको हत्या गर्ला भने सोच्न पनि सकिन्न।’ प्रहरी घटनास्थलमा पुग्दा ती व्यक्तिले आफ्ना ज्वाईंमाथि आक्रमण गरि रहेका थिए र प्रहरीले हतियार फाल्न आदेश दिंदा नफालेपछि गोली प्रहार गर्दा ती हत्यारा व्यक्ति घटनास्थलमै मारिएका छन्।

प्रहरीले आधिकारिक रुपमा घटना विवरण बारे थप जानकारी सार्वजनिक गरेको छैन। तर भर्जिनियामा रहेका नेपालीहरुका अनुसार, फेयर फ्याक्सस्थित त्यहाँको एक अपार्टमेन्टमा भएको यो आततायी घटना नेपाली परिवारभित्र भएको हो।