काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले इटहरीवासीलाई चिया कुन ठाउँको पिउनुभयो भन्दै प्रश्न गरेका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले बोर्डर पारीको खानुभयो तरकारी खानु भयो कि भन्दै प्रश्न गरेका थिए ।
तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले दाबी गर्दै उनले भने, ‘ ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’
देशभित्र सम्भावनाअनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् ।


प्रतिक्रिया