आफ्नै निर्वाचन क्षेत्रमा ओलीको दौडधुप : मतदाताका समस्या सुन्दै, प्रतिबद्धता जनाउँदै

आफ्नै निर्वाचन क्षेत्रमा ओलीको दौडधुप : मतदाताका समस्या सुन्दै, प्रतिबद्धता जनाउँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । चुनाव प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा व्यस्त छन् । यसै क्रममा आज उनले दमक तथा दक्षिणी भेग गौरीगञ्जका मतदातासँग सघन भेटघाट तथा अन्तरक्रिया गर्दैछन् ।

ओलीको आजको जनभेटघाट कार्यक्रम बिहान ९:३० बजे दमक–९ स्थित एक चिया पसलबाट सुरु हुनेछ । चिया पसलमा स्थानीयसँग भलाकुसारी गरेपछि उनी आज मुख्य रूपमा गौरीगञ्ज क्षेत्रमा केन्द्रित हुनेछन् । एमाले झापाका जिल्ला सचिव तुलसी कार्कीका अनुसार ओलीले गौरीगञ्जमा करिब सात घण्टा बिताउनेछन् । बिहान ११ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म चल्ने यस अभियानमा उनले १२ वटा विभिन्न टोलका बासिन्दासँग प्रत्यक्ष संवाद गर्नेछन् ।

यस अवधिमा ओली गौरीगञ्ज–५ का श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर र नयाँ बजारका मतदाताको घरदैलोमा पुग्नेछन् । त्यसैगरी, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीका स्थानीयसँग पनि उनले छलफल गर्नेछन् । सचिव कार्कीले गौरीगञ्ज–३ अन्तर्गत पर्ने बगुवातेलकानी, ठेकीटोला र तेलकानीका बासिन्दासँग पनि भेटघाटको तालिका तय गरिएको बताए ।