काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन् ।
बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकमाझ उनले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र मुलुकको विकास गर्ने पनि बताए ।
सिंगो देश र मधेसलाई विभाजन अथवा अलग गरेर राजनीति गर्ने युगको अन्त्य गर्न खोजेको उनले उल्लेख गरे । इमानदारीपूर्वक देशका बारेमा सोच्ने र जनताको एक/एक मतलाई कदर गर्दै अघि बढ्ने उनले बताए ।
दशकौँसम्म विभेद र अन्यायमा परेको मधेसलाई समेत प्राथमिकतामा राख्दै यहाँका धामिर्क पर्यटनलाई बढावा दिने गरी काम गरिने उनले सुनाए ।
लामिछानेले यसपटक विभेदको अन्त्यसँगै सुशासन स्थापनाका निम्ति गम्भीर भएर लाग्ने उनले उल्लेख गरे ।


प्रतिक्रिया