नेकपाले बोलायो निर्वाचन परिचालन समिति बैठक

नेकपाले बोलायो निर्वाचन परिचालन समिति बैठक



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए । हमालका अनुसार बैठक बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्नेछ ।

‘केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएका हौँ । निर्वाचनबारे सुक्ष्म समीक्षा हुन्छ । स्थानीय पार्टी कमिटीले दिएको रिपोर्ट अनुसार देशभर नेकपाको राम्रो स्थिति बनेको छ । यी लगायत वस्तुनिष्ट ढंगले चुनावको तयारीबारे समीक्षा हुन्छ’, उनले भने ।