देश जलाउनेविरुद्ध सहकार्यका लागि कांग्रेस र एमालेसँग संवाद गर्छौँः प्रचण्ड

देश जलाउनेविरुद्ध सहकार्यका लागि कांग्रेस र एमालेसँग संवाद गर्छौँः प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जलाउनेहरूविरुद्ध जानको लागि कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्ने बताएका छन्।

पेरिसडाँडामा बामबुद्धिजीविहरूसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका विरुद्धमा जानको लागि कांग्रेस र एमालेसँग पनि मिल्नसक्ने संकेत गरे ।

उनले भने, ‘संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकको प्रवक्ता हाम्रो पार्टी हो । त्यो हुनुको नाताले हामीले एकातिर सिंहदरबारदेखि सबै जलाउने दलालहरूबाट देश, संविधान, शान्ति प्रक्रिया, बचाउन कांग्रेस र एमालेसँग पनि हामीले कुरा गर्नुपर्नेछ। ती हिजोका हाम्रा सहयात्री हुन् । तिनसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध जाने हदसम्म संवाद पनि गर्नुपर्ने छ ।’

राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, संकटबाट बचाउन एकताको कुरा गरिराखेको बताए ।